नियम २११
बेरुजुको लगत पठाउनु पर्ने
(१) बेरुजुबाट असूल उपर वा ऐन अनुसार असूल उपर गर्नु पर्ने ठहरिएको रकम सम्बन्धित स्थानीय निकायले नै असूल उपर गर्नु पर्नेछ । एक आर्थिक वर्षभित्र पटक पटक कारबाही गर्दा पनि असूल उपर हुन नसकेमा असूल
उपर गर्न नसक्नाको कारण खोली असूल उपर गर्न ठहरिएको रकम अनुसूची–७६ बमोजिमको विवरण भरी जिल्ला प्रशासन कार्यालयमा लगत पठाउनु पर्नेछ ।
(२) जिल्ला प्रशासन कार्यालयले उपनियम (१) अनुसार प्राप्त हुन आएको विवरण जा“ची सात दिनभित्र लगत कसी सोको जानकारी सम्बन्धित निकायलाई दिनेछ । सोको आधारमा जिल्ला प्रशासन कार्यालयले ऐनको दफा २६० अनुसार असूल
उपर गरी दिनु पर्नेछ ।